डढेलोको खतरा

0
Shares

लसएन्जेल्स, (एजेन्सी)
अमेरिकाको उत्तरी क्यालिफोर्नियामा फैलिएको वन डढेलोका कारण २ जना अग्नि नियन्त्रकको ज्यान गएको तथा डढेलो प्रभावित क्षेत्रका दसौं हजार मानिस ज्यान जोगाउन आफ्ना घर छोड्न बाध्य भएको सरकारी अधिकारीहरूले बताएका छन्। सास्टा काउन्टिमा आगोको लप्कासहित चलेको शक्तिशाली हुरीका कारण रुखहरू ढल्नुका साथै कारहरू क्षतिग्रस्त भएको अग्निनियन्त्रकहरूले जनाएका छन्। कार्र फायर नाम दिइएको यस डढेलोका कारण अहिल्यै कम्तिमा ५ सयवटा भौतिक संरचना ध्वस्त भइसकेको र अन्य हजारौंमाथि पनि ठूलो खतरा रहेको बताइएको छ।