नेपालगन्ज ।
प्रेम प्रकाश मल्ल “मधुकर” को ८३ औं जन्मजयन्तीको अवसरमा प्रेम प्रकाश मल्ल “मधुकर” पुरस्कार एवं सम्मान तथा बहुभाषिक कवि गोष्ठी एक कार्यक्रमका वीच सम्पन्न भएको छ ।
भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्जको आयोजनामा रु.२५,१११ रुपैया“ राशीको उक्त पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव एवम् कीर्तिपुर त्रिभुवन बिश्वविद्यालयका प्राध्यापक प्रा.डा. जिवेन्द्रदेव गिरीलाई प्रदान गरिएको हो ।
प्रमुख आतिथिसमेत रहनुभएका प्रा.डा.गिरीलाई समाजका अध्यक्ष हरि प्रसाद तिमिल्सेना र संस्थापक वाणीश्री मल्लले दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।
सदस्य सचिव प्रा. डा. गिरीले बा“के साहित्य, संस्कृति, लोक साहित्यको अपार सम्भावना भएको जिल्ला हो भन्दै नेपाली साहित्यको विकासका लागि प्रज्ञाले गरेको गतिविधिबारे चर्चा गर्नुभयो ।
सो अवसरमा वरिष्ठ कथाकार सनत कुमार रेग्मी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख गणेश कुमार रेग्मी, प्रेम प्रकाश मल्ल स्मृति पुरस्कार कोषका संस्थापक छोरी वाणीश्री मल्लले स्व. मल्लको साहित्यिक जीवनबारे बोल्नुभएको थियो ।
सर्वदा संगम साहित्यका अध्यक्ष खगेन्द्र गिरि कोपिलाले गायक, रचनाकार संगीतकार स्व. “मधुकर” को जीवनीबारे प्रकाश पार्नु भएको थियो । २७ वर्ष सम्म बा“केको पञ्चायत बिकास प्रशिक्षण केन्द्र महेन्द्रनगरका उच्च समादेशकको रुपमा रहनु भएका मल्लको ८ वटा कृति प्रकाशित भएको कोपिलाले बताउनुभयो ।
प्रा.डा. गोपाल प्रसाद अधिकारी, भेरी साहित्य समाजका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुके, हाम्रो पूर्णिमा साहित्य समाज कोहलपुरका अध्यक्ष महानन्द ढकाल, चरित्रा शाह, कमल विष्ट, जगत तिमिल्सिना, अन्जुमन उर्दू अदबका अध्यक्ष अन्सर नेपाली, बार्दली फाउन्डेसनकाी अध्यक्ष ऋचा लुइटेलले रचना सुभनउनुभयो ।
रचना सुनाउनेमा ईश्वर रिजाल, अवधी सा“स्कृतिक बिकास परिषद्का अध्यक्ष सच्चिदानन्द चौबे, अवधी सा“स्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुम्हार, करिश्मा योगी, शिशिर सापकोटा, अलाउद्दीन स्मृति साहित्यिक सम्मान प्रतिष्ठानका अध्यक्ष असफाक संघर्ष, सर्वदा साहित्य संगमका सचिव श्रीधर भण्डारी, पूर्ण समीर महतरा, ज्ञानेन्द्र बहादुर सिंह, दलजीत, पुष्पमणि प्रधान, भोजराज प्याकुरेल लगायत हुनुहुन्थ्यो ।











प्रतिक्रिया