विश्व हेपटाइटिस दिवस सम्पन्न

0
Shares

काठमाडौँ, (नेस) ।
विश्व हेपाटाइटीस दिवस शनिवार नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । २०३० सम्म हेपटाइटिस हटाउने उद्देश्यले विश्व स्वास्थ्य संगठनले जुलाई २८ तरिखमा “विश्व हेपटाइटिस दिवस” मनाउदै आएको छ ।

स्पर्स नेपालले नेप्लिज एशोसियसन फर द स्टडिज अफ द लिभरको सहयोगमा जनचेतना फैलाउन शनिवार “हराएका हजारौको खोजी” भन्ने मूल नाराका साथ ¥याली निकालेको थियो ।

उक्त अवसरमा ए, बी, सी, डी र इ गरी हेपटाइटिस पाँच प्रकारको हुने र त्यसले कलेजोमा नकारात्मक असर पार्ने बताइएको थियो । हेपटाइटिस बी हुँदा धेरै थकाई लाग्ने, भोक नलाग्ने , पेटको असहज र छाला पहेलो हुने हुने र यसको भाइरस रगत, वीर्य, योनि, तरल र र्यालमा पाइने जानकारी गराइएको थियो ।

नेपालमा लगभग २ लाख ६० हजार मानिस यो रोगबाट संक्रमित भएको बताइन्छ । बेलैमा यसको फैलावट रोक्ने, सुई र ट्रिमर जस्ता उपकरणहरु शेयर नगर्ने, समयमै परिक्षण गर्ने र सुरक्षित रगत आदानप्रदान गरेमा यसबाट बच्न सकिन्छ ।