‘वर्तमान सरकार निरीह’

0
Shares

बुटवल, (नेस)
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले बर्तमान सरकार निकै निरीहका रुपमा अगाडी बढेको बताउनु भयो । मन्त्री र सांसदलाइ राखेर प्रधानमन्त्रीले सरकारको प्रतिरक्षा गर भनेर उर्दी जारी गर्नु बिडम्बनापूर्ण रहेको उहाँको भनाइ छ ।

सरकार संबिधान बिपरित संचालन भैरहेको भन्दै उहाँले संबिधानलाइ कुल्चेर अघि बढ्ने छुट कुनै सरकारलाइ नभएको प्रष्ट पार्नु भयो । रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलद्वारा आयोजित साक्षात्कार कार्यक्रममा शनिवारबोल्दै डा कोइरालाले सरकारले एकदलिय शासन चाहिरहेको प्रष्ट पार्नु भयो ।

मुर्दा शान्ति र मुर्दा बिकास लोकतन्त्रमा हुन सक्दैन यसरी मुलुकमा समृद्धि आउदैन लोकतन्त्रमा बिरोध गर्न पाइन्छ, सत्याग्रह गर्न पाइन्छ,’कोइरालाले भन्नु भयो—‘ हामी छौं संसदीय ब्यबस्थामां, तर सत्तापक्षका सांसदहरुले ५ बर्षको म्यान्डेड पूरा गर्न दिनुस् समृद्धि र बिकास ल्याउछौं भन्नुभएको छ,त्यसोभए त प्रतिपक्ष नै चाहिएन नी ।’