रोशन पराजुली, हेटौंडा
असार १७ गते हेटौंडा उपमहानगरपालिकाले सवारी पार्किक ब्यवस्थित गर्ने भन्दै प्रारम्भमा हेटौंडा मुख्य बजार क्षेत्र राप्तिरोडमा ‘नो पार्किङ एरिया’ घोषणा ग¥यो ।
नगरमा सवारी चाप व्यवस्थित गर्न ठूला तथा चारपांग्रेको सवालमा विगतमा सहमति जनाएर व्यवस्थित गर्ने कार्य गरिएको अवस्थामा नगरपालिकाले अन्य क्षेत्रमा पूर्वाधार नबनाई हेभी गाडीलाई मुख्य बुद्धचोकबाट सञ्चालन गर्न दिने कार्य गर्दै साँघुरो सडकलाई अझै सवारी चाप बढायो ।
यसै विषयलाई लिएर मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलन घोषणा ग¥यो । तर, तीन हप्ताबीच प्रदेश सरकारका जिम्मेवार व्यक्तिहरु, राजनीतिक दलका प्रमुखहरुको आग्रहबमोजिम तत्काल आन्दोलनमा नजान गरिएको आग्रहलाई मान्दै बारम्बार नगरपालिकासँगको छलफलमा संघ सक्रिय भए पनि नगरपालिकाले वास्ता गरेन ।
नगरपालिकाले आफ्नो निर्णयमा छलफल नगर्ने र पार्किङ व्यवस्थित गर्न समिति बनाएर समितिको सिफारिसअनुसार अघि बढ्ने भनेको मकवानपुर उद्योग वाणिज्य संघको दाबी छ । समितिको प्रतिवेदन तथा सिफारिसलाई रद्धीको टोकरीमा फाल्ने कार्य नगरपालिकाबाट भएको भन्दै संघ अध्यक्ष कृष्ण कटुवालले रोष व्यक्त गर्नुभयो ।
हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको मुख्य बजार क्षेत्र राप्तिरोडमा ‘नो पार्किङ’ क्षेत्र सुरु गरेपछि सुरु भएको विवादपछि निर्माण भएको अनुगमन समितिको प्रतिवेदनलाई हेटौंडा उपमहानगरपालिकाले कुनै वास्ता नगरेको उहाँले आरोप लगाउनुभयो ।
‘हाम्रा व्यवसायीको रोजीरोटी खोसिने अवस्थामा संघ चुप लागेर बस्न सक्दैन । त्यसैले संघ आन्दोलनमा जान वाध्य भएको छ । यस कार्यमा संघका सम्पूर्ण सदस्यलाई आन्दोलनमा सहभागी हुन अपिल गर्दछौं,’ शुक्रबार आयोजित पत्रकार भेटमा अध्यक्ष कटुवालले चेतावनी दिनुभयो ।
‘उपमहानगर उपमेयर मीना लामाको नेतृत्वमा बनेको समितिको प्रतिवेदन बेवास्ता गरिएको छ,’ अध्यक्ष कटुवालले भन्नुभयो । हेभी सवारीलाई मुख्य बजार क्षेत्रमा प्रवेश रोक लगाउने हो भने यहाँको ट्राफिक ब्यवस्था निकै सहज हुने भन्दै उहाँले राप्तिरोडमा मात्र ‘नो पार्किङ’ गर्ने हो भने आफूहरु आन्दोलन गर्न वाध्य हुने स्पष्ट पार्नुभयो ।
यस पृष्ठभूमिमा व्यवसायी तथा सर्वसाधारणलाई थप आन्दोलित नतुल्याई नगरका सम्पूर्ण सडक क्षेत्रमा सडकको एकातर्फ दुईपांग्रे सवारी पार्किङ गर्ने व्यवस्था मिलाएर प्रभावकारी सवारी पार्किङ गर्न÷गराउन सम्पूर्ण जिम्मेवार निकायहरुमा अपिलसहित संघले जनभावना कदर गर्न नगरपालिकालाई सुझाएको छ ।
हेटौंडा नगरका प्रमुख स्थानमा उपमहानगरपालिकाले ‘पार्किङ निषेध’ गर्दा व्यवसायी र सर्वसाधारणलाई पर्न गएको मर्कालाई सम्बोधन गर्दै संघले असार २४ गते उपमहानगर कार्यालयमा चरणवद्ध आन्दोलनसहितको ज्ञापनपत्र पेश गरेको थियो ।
उपमहानगरपालिका कार्यालयमा नगर प्रमुखको अध्यक्षतामा बसेको वार्ताबाट विशेषगरी मुख्य बजार क्षेत्रका शाखा सडकमा र मुख्यमार्गमा ट्राफिक एवम् पार्किङ व्यवस्थापनमा देखिएका समस्या तत्काल व्यवस्थापन गर्न लागि उपयुक्त स्थानमा पार्किङ निषेधित क्षेत्र पहिचान गर्ने, शाखा सडकमा एकातर्फी सवारीसाधन सञ्चालनको विकल्प खोज्ने, मुख्य बजार क्षेत्रको प्रमुख मार्गका बिरुवाआसपास मोटरसाइकल स्ट्याण्ड निर्माण गर्न उपयुक्तताको अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्ने र सोपश्चात् उपयुक्तताका आधारमा निर्णय लिने सहमति भएको थियो । त्यसपछि संघले गर्ने भनिएको चरणवद्ध आन्दोलनका कार्यक्रम स्थगन गरेको थियो ।
उपमेयर लामासहित वडा–२ अध्यक्ष हरि राउत, वडा–११ अध्यक्ष गोकर्ण पराजुली, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कटुवाल तथा सदस्य समिर डंगोल सदस्य रहेको अनुगमन समितिले असार ३१ गते प्रतिवेदन बुझाए पनि हालसम्म प्रतिवेदनका विषयमा छलफल नभएको र उपमहानगरपालिकाले यस विषयलाई महत्व नदिएको भन्दै संघले आपत्ति जनाएको छ ।











प्रतिक्रिया