मण्डन देउपुरलाई चीन सरकारको एम्बुलेन्स

0
Shares

नेपाल समाचारपत्र, काभ्रे
चीन सरकारले नेपालका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरुका लागि एम्बुलेन्स उपलब्ध गराएको छ । नेपाल चीन हिमालय मैत्री समाजले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सबै नागरिकले आधारभुत रुपमा स्वास्थ्य सेवा पाउने गरी स्वास्थ्य क्षेत्रलाई विस्तार गर्न लागिएको बताए । सबै स्थानीय तहमा १५ शैयाको अस्पताल सेवा स्थानीय सरकार आफैले संचालन गर्ने, जिल्ला र क्षेत्रिय अस्पतालहरु प्रदेश सरकारले संचालन गर्ने र संघ सरकारले धेरै शैया भएका अस्पतालहरुको ब्यवस्थापन गर्ने गरी तयारी भएको बताए ।

सरकारले केहि विशेष रोगहरुका लागि निशुल्क उपचार सेवा मात्रै दिँदा नागरिकहरुले पूर्ण रुपमा सेवा प्राप्त गर्न नसकेकाले सबै नागरिकहरुलाई स्वास्थ्य क्षेत्रमा पहुँच पु¥याउने गरी नीति बनाउन लागिएको उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवले बताए ।

सरकारले विशेष गरी दुर्गम क्षेत्रमा र नेपालका सबै स्थानीय तहमा स्वास्थ्य सेवा पु¥याउने उदेश्यले कार्यक्रम अगाडी सार्ने तयारी गरेकाले दुर्गम क्षेत्रमा पनि डाक्टरहरुको सेवा पु¥याउन त्यहि खालको ब्यवस्थापन गरिने बताए । उपप्रधानमन्त्री यादवले चीन सरकारले नेपाली नागरिकहरुका लागि उपलब्ध गराएका एम्बुलेन्सहरुले नेपालमा विरामी भई उपचारका लागि छट्टपट्टिएका विरामीहरुले सेवा पाउने कुरा विश्वास दिलाए ।

सोहि कार्यक्रममा बोल्दै नेपालका लागि चीनकी राजदुत यु होङ्गले नेपाल सरकारलाई स्वास्थ्य लगायतका अन्य क्षेत्रमा सहयोग गर्न चीन सरकार तयार रहेको बताईन् । चीन सरकारले सडक, संचार लगायतका क्षेत्रमा कनेक्टिभिटी जोड्न लागेकाले नेपालका लागि आवश्यक पर्ने हरेक सहयोग गर्न चीन तत्पर रहेको बताईन् ।

दुर्गम भेगका लागि सुविधा युक्त एम्बुलेस उपलब्ध गराएको भए पनि त्यसको सदुपयोग र त्यसबाट नागरिकले लाभ लिन सक्ने कुरा राजदुत यु होङ्गले बताईन् । कार्यक्रममा पुर्व पर्यटन मन्त्री आनन्द पोखरेल लगायतले चीन सरकारले उपलब्ध गराएका पाँचवटा एम्बुलेन्सको सदुपयोग हुने विश्वास दिलाए ।

चीन सरकारले नेपालका लागि काभ्रेको मण्डन देउपुर नगरपालिका, सिन्धुपाल्चोकको गाउँपालिका, दोलखाको भिमेश्वर नगरपालिका, संखुवासभा लगायतका जिल्लामा रहेका गाउँपालिका र नगरपालिकामा प्रयोग हुने गरी एम्बुलेन्स उपलब्ध गराएको हो ।

नेपाल सरकारले राजश्व छुट गरेका उक्त एम्बुलेन्सका कागजपत्र र चावीहरु स्थानीय सरकारका प्रमुखहरुलाई हस्तान्तरण गरिएको थियो । उपप्रधानमन्त्री यादवले चाबी हस्तान्तरण गरेका थिए भने राजदुत होङ्गले एम्बुलेन्सको विलबुक स्थानीय सरकारका प्रमुखहरुलाई हस्तान्तरण गरेकी थिईन् ।

मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवाले एम्बुलेन्सको सदुपयोग हुने बताए । मण्डन देउपुर नगरपालिकामा प्राप्त भएको यो पहिलो एम्बुलेन्स हो । यस अघि देउपुरमा संचालन भएको एम्बुलेन्सले उक्त क्षेत्रमा सेवा पु¥याउँदै आएको थियो । नगरपालिकाले नागरिकहरुको सेवाका लागि आवश्यक कार्य गरिरहेको प्रमुख वाईवाले बताए ।