नेकपा संसदीय दलको बैठक वालुवाटारमा सुरु

0
Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

साउन ३ गते बसेको बैठक एक साता पछि आज सुरु हदै छ । त्यसैको पूर्वसन्धायामा नेकपा संसदीय दलको बैठक बसेको हो । आजबाट सुरु हुने बैठकमा कसरी प्रस्तुत हुने पार्टीको तर्फबाट आवश्यक निर्देशनहरू दिनको लागी संसदीय दलको बैठक बस्न लागेको नेकपा का नेता कृष्ण गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

साउन ३ गते बसेको संसद् बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शिक्षा अध्यादेश फिर्ता लिनु पर्ने , गोविन्द केसी र गंगामायाको माग पुरा गर्नु पर्ने माग राखी संसद् अवरुद्ध गर्दै आएको थियो ।

संसद् बैठक आज दिउसो १ बजेको लागी बोलाइएको छ । आजको बैठकमा विषयगत समितिमा रहनुहुने सदस्यहरूको नाम मनोनयनका लागि सभामुखले प्रस्ताव गर्ने कार्यतालीका रहेको छ ।