चीन: दूतावास सामु बिस्फोट

0
Shares

बेइजिंग,(एजेन्सी)
चीनको राजधानी बेइजिंगको मध्यभागमा अवस्थित अमेरिकी दूतावास नजिकै विहिवार बम बिस्फोट भएको चिनिया आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएके छ । चीनको सरकारी समाचार माध्यम ग्लोबल टाइम्सका अनुसार स्थानीय समय अनुसार अपरान्ह करिब साढे १ बजे उक्त अमेरिकी दूतावास नजिकै ठूलो श्वर सहित बिस्फोट भएको हो ।

तर सो घटनाको केही समय पछि नै दूतावासमा नियमित कामकारवाही सूचारु भइसकेको तथा मानिसहरु भिसा आवेदनका लागि लाइनमा बसिरहेको बताइएको छ । बिस्फोट हुनु अघि दूतावास नजिकै आत्मदाह गर्न खोज्ने एक महिलालाई पक्राउ गरिएको थियो ।