प्रधानन्यायाधीश नियुक्तिको निर्णय आज, प्रधानन्यायाधीशले ‘साथी’ भनेपछि हंगामा

0
Shares

प्रशान्त वली, काठमाडौं ।

प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाइ बिहीबार सकिएको छ । संसदिय सुनुवाइ समितीको विहीबार वसेको वैठकमा कायममुकायम प्रधानन्यायाधीश जोशीले आफूमाथि उठेका प्रश्नहरु र उजुरीको जबाफ दीएपछि सुनुवाइ सकिएको हो ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीमाथि पाँच वटा लिखीत उजुरी परेको थियो । समितीमा आबद्ध सदस्यहरुले आलोपालो प्रश्न सोधेको समिती सदस्य पार्वत गुरुङले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
पूँजिगत लाभकर विवादमा एनसेललाई फाइदा पुग्ने गरी लाभांश लैजान अन्तरिम आदेश दिएको सम्बन्धमा सोधिएको प्रश्नमा उहाँले सो मुद्दा अदालतमा विधाराधीन भएकाले केहि बोल्न नमिल्ने बताउनुभयो । न्यायपालीकामा भ्रष्टाचार छ भनी सांसदले सोधेको प्रश्नमा कामु प्रधानन्यायाधीश जोशीले कसैले भ्रष्टाचार गरे कारबाही गरिने बताउनुभयो ।

समितीको आज शुक्रबार वस्ने वैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय लिने बताउँदै सदस्य गुरुङले भन्नुभयो–आजको बैठकले जे निर्णय गर्छ त्यही हुन्छ । थप सुनुवाइ पनि हुनसक्छ । यसै भन्न सकिदैंन ।’
समितीमा केहि समय प्रस्तावित प्रधानन्यायाधीश र समिती सदस्यहरुबिच भनाभन भएको थियो । सवाल जबाफका क्रममा प्रस्तावित प्रधानन्यायाधीशले समिती सदस्यहरुलाइ साथि भनेपछि समिती सदस्यहरुले आफु माननीय भएको प्रतिउत्तर दिएका थिए । प्रस्ताबित प्रधानन्यायाधीश जोशीले आफू पनि माननिय भएको भन्दै एउटै पद भएकाले साथि भनेको बताउनुभएको थियो ।

समिती सदस्य पुष्पा भुषालले प्रधानन्यायाधीश नियुक्तीको बिषयमा समितीभित्र छलफल हुनै बांकी रहेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसंग भन्नुभयो–‘हिजो प्रस्तावीत प्रधानन्यायाधीश जोशीज्यूले उठेका उजुरी र समितीका सदस्यहरुले सोधेको प्रश्नको जबाफ मात्रै दिनुभएको हो । प्रश्नको जबाफपश्चात समितीका सदस्यहरुको बैठक बसेन । त्यसैले आज समितीभित्र छलफल गरेर सबै कुराको निक्र्यौैल हुन्छ ।’

न्याय परिषद्ले बरिष्ठताका आधारमा प्रधानन्यायाधीशका लागि जोशीसहित न्यायाधिशद्धय चोलेन्द्रसमशेर जबरा र ओमप्रकाश मिश्रको नाम सिफारीस गरेको थियो । विगत चार महिनादेखि प्रधानन्यायाधीश पद रिक्त हुँदा न्यायालयको नितीगत काममा प्रभाब परेको छ ।

सर्वोच्चमा २०७४ चैत १ देखि प्रधानन्यायाधीश पद रिक्त छ । संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले अनुमोदन गरेपछि प्रधानन्यायाधीशको नियुक्ती हुने संवैधानिक व्यवस्था छ । नाम अनुमोदन भए जोशी २०७६ असोज २३ सम्म प्रधानन्यायाधीशका रुपमा कार्यरत रहनुहुनेछ ।