संसदिय सुनुवाइ प्रकृया सुरु
प्रशान्त वली, काठमाडौं ।
प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीको संसदीय सुनुवाइ सुरु भएको छ । जोशीले आफुमाथि परेका पाँच वटा उजुरिको जबाफ संसदिय सुनुवाइ समितिमा आज विहीबार १ बजेदेखि दिदैं हुनुहुन्छ ।
गत साउन ६ गते सम्म प्रस्तावित प्रधानन्यायाधीश जोशीको विषयमा संघिय संसदले उजुरी । संकलनको आह्वान गरेको थियो । समितिको गत सोमबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिश हुनु भएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाइको मिति तय गरेको थियो ।
समितिले जोशीका लागि ४० प्रश्न सोधीने भएको छ । जोशीलाई समितिमा आवद्ध सांसदले क्रमीक रुपमा प्रश्नहरु राख्ने बताइएको छ ।
मंगलबार र बुधबार उजुरीकर्तासँग छलफल गरेपछि समितिले प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई सोध्ने प्रश्नहरुको तयारी गरेको समितीका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । संसदीय सुनुवाईमा पहिलो पटक मापदण्ड बनाएर प्रश्न निर्माण गर्ने तयारी थालिएको हो ।











प्रतिक्रिया