बेइजिङस्थित अमेरिकी दूतावासबाहिर विस्फोट, घटनाको विवरण भित्रै लुकाउन खोजियो


एजेन्सी, बेइजिङस्थित अमेरिकी दूतावासबाहिर बिहीबार दिउँसो विस्फोट भएको छ। दूतावासका एक कर्मचारीले विस्फोटको आवाज सुनिएको र धुवाँको मूस्लो देखिए पनि घटनाको विस्तृत विवरण भने हालसम्म बाहिर ल्याइएको छैन ।
विस्फोटपछि धुवाँको मूस्लो देखिएको तस्विरहरू सामाजिक संजालमा भाइरले बनिरहेका छन् । बेइजिङको उत्तरपश्चिममा पर्ने सानलुटिन क्षेत्रमा अमेरिका, नेपाल लगायत सबै दूतावासहरू छन्। विस्फोट भएको क्षेत्रमा प्रहरीहरू देखापरेको बीबीसी अनलाइनले उल्लेख गरेको छ ।

दूतावास नजिकै काम गर्ने एक व्यक्तिले दिउँसो १ः०५ बजे विस्फोट भएको बताएका छन्।अमेरिकी दूतावासले आफ्नो कार्यालय अगाडि विस्फोट भएको पुष्टी गर्दै घटनामा आफ्ना कोही पनि कर्मचारी घाइते नभएको जनाएको छ।