नेकपा (बिप्लव)को केन्द्रीय समितिको बैठकका निर्णयहरु बाहिर किन आएनन् ?

0
Shares

काठमाडौं । संविधान र कानुन नमान्न भन्दै एकीकृत जनक्रान्तिको बाटोमा अघि बढेको बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक बसेको छ । पश्चिम नेपालको अर्घाखाँची र प्यूठानको बीचमा अर्धभूमिगत रुपमा बसेको निर्णयहरु बाहिर आएका छैनन् । यद्यपि बैठक अझै जारी रहेको जनाइएको छ ।

महासचिव नेत्र बिक्रम चन्द, प्रबक्ता प्रकाण्ड, स्थायी कमिटीका सदस्यहरु धर्मेन्द्र बास्तोला, हेमन्त प्रकाश ओली सुदर्शन, सन्तोष बुढामगर, करिड डेढ दर्जन पोलिटब्यूरो सदस्य, सल्लाहकार समितिका सदस्य असारे काकासहित चार दर्जन नेता सहभागी बैठकले महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषका साथै आगामी कार्ययोजनाको बारेमा गम्भिर छलफल भएको एक नेताले टेलिफोनमा बताए ।

बैठकमा केन्द्रीय सदस्यहरुले रिपोर्टिङको क्रममा वर्तमान सरकारले गरेको दमन र खराब कार्यशैलीको विषयमा कुरा राखेको जनाइएको छ । बैठक जारी रहेको र केही दिनभित्रैमा ठोस निर्णय सार्वजनिक गर्ने बुझिएको छ । एकीकृत जनक्रान्तिको मार्गमा अघि बढेको पार्टी सरकार र संविधानलाई अस्वीकार गर्ने भन्दै अर्धभूमिगत गतिविधि गर्दै आएको छ । सरकारले सो समुहलाई मुख्य चुनौतिको रुपमा लिँदै आएको छ । २०५२ देखि २०६२ सम्म १० वर्ष चलेको जनयुद्ध गर्ने तत्कालिन माओवादीबाट विभाजित भई बनेको पार्टी हो ।