काठमाडाैं । गोङ्गबुबाट एक व्यापारीको एक किलो सुन लुटिएको छ । बुधबार राति गोगंबुस्थित राप्ती पाहुना घरबाट एक किलो सुन र २ लाख १७ हजार रुपैयाँभन्दा बढी रकम लुटिएको हो ।
दाङमा व्यापार गर्दै आएका ४२ वर्षीय खड्ग बहादुर सुनारको १ किलो सुन लुटिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका डिएसपी मोहन कुमार थापाले बताए ।
पाँच दिनदेखि होटेलको कोठा बुकिङ गरी बस्दै आएका व्यापारी सुनारलाई साँझ ७ बजेतिर तीन जनाको समूहमा आएका अपरिचित व्यक्तिले लुटेर फरार भएका थिए ।
दाङमा सुनचाँदीको व्यवसाय गर्दै आएका सुनारले बुधबार मात्र न्युरोडमा रहेको सिद्धार्थ बैंकबाट एक किलो सुन निकालेका थिए ।











प्रतिक्रिया