काठमाडाैं । रसुवाको टिमुरे बजार नजिक बुधबार राति पहिरो खस्दा ५ जनाको ज्यान गएको छ भने ४ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि बुधबार राति पहिरो खस्दा तीन वटा घर पुरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
तीमध्ये एउटा घरमा होटल थियो । होटलमा बसेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका श्याम श्रेष्ठ९४२०, रेशम खड्का ९३७०, विक्रम श्रेष्ठ ९२७० र मंगल तामाङ ९४५० को मृत्यु भएको छ । उनीहरू सबै केरूङबाट सामान ल्याउने सवारीका चालक भएको प्रहरीले जनाएको छ । बाँकी एक जनाको सनाखत भएको छैन ।
पहिरोले टिमुरेको प्रहरी पोष्ट पनि भत्काएको छ । पहिरो खसेपछि चीनसँग सञ्चालनमा रहेको एकमात्र नाका रसुवागढी पुग्ने बाटो पनि बन्द भएको छ ।
प्रहरीले बेपत्ताको खोजी र बाटो खुलाउने काम भइरहेको जनाएको छ ।











प्रतिक्रिया