जोशीको सुनुवाइ आज

0
Shares

काठमाडौं, (नेस)
प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ आज हुँदै छ । समितिको गत सोमबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाइको मिति तय गरेको थियो ।

प्रस्तावित प्रधानन्यायाधीशबिवरुद्ध पाँचवटा उजुरी संघीय संसद्मा दर्ता भएको समिति सदस्य योगेश भट्टराईले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘प्रस्तावित प्रधानन्यायाधीश जोशीले आज शुक्रबार समितिमा प्राप्त उजुरीको जबाफ दिनुहुनेछ । त्यसपश्चात प्रक्रिया अघि बढ्नेछ ।’ संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपश्चात राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।

नाम अनुमोदन भए २०११ असोज २४ गते जन्मनुभएका जोशी २०७६ असोज २३ सम्म प्रधानन्यायाधीश हुनुहुनेछ । संवैधानिक परिषद्ले सिफारिस गरेको नामलाई संसदीय सुनुवाइ समितिका दुई तिहाइ सदस्य वा कम्तीमा १० जनाले अस्वीकार गर्न सक्ने व्यवस्था छ ।