भरतपुरमा तीनपांग्रे व्यवसायी र प्रहरीबीच झडपः दुई प्रहरी र केही प्रर्दशनकारी घाइते

0
Shares

कृष्ण आचार्य, चितवन ।
चितवन भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि भरतपुर तनावग्रस्त बनेको छ । प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायी र प्रहरीबीच झडप भएको हो ।

झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना प्रर्दशनकारी घाइते भएका छन् भने प्रर्दशनकारीको ढुङ्गा लागेर दुई प्रहरी जवान घाइते भएका छन् ।

झडपमा गोली चल्यो

प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायीले मोटरसाइकल आगजनी गर्नुका साथै म्याजिक तोडफोड गरेका छन् । प्रहरीले दर्जनौ अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीले प्रहरी चौकिमाथी आक्रमण गर्न खोजेपछि प्रहरीले फायरिङ गरेको बताएको छ । प्रहरी र प्रर्दशनकारी विच पटक–पटक ढुङ्गा हानाहान समेत भएको छ ।

उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तिनपांग्रे व्यवसायी थप आन्दोलित भएका हुन् ।

तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, टूेड युनियनहरुले बुधवार भरतपुरको केन्द्रिय बस टर्मीनल क्षेत्रमा प्रर्दशन गरेका हुन् ।