नेपाल समाचारपत्र, प्युठान
अर्घाखाँची र प्युठानको सिमास्थलका जगंल क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। नेकपा बिप्लब समूहको विशेष नेताहरुको उपस्थिती छ भन्ने खुलासा भएपछी प्रहरीले प्युठानको सरुमारानी क्षेत्र र अर्घाखांचीको शितगंगा नगरपालिका बनक्षेत्रमा प्रहरी निगरानी बढाएको हो। श्रोतका अनुसार नेकपाका महासचिव बिप्लब सहित प्रदेश ५ अन्तर्गतका उच्च तहका नेताहरु प्रहरी घेरावन्दिमा रहेको समाचार श्रोतले बताएको हो।
श्रोतका अनुसार नेकपाले जनप्रतिनिधी लक्षित जनकारबाहिको लागि रणनितिक योजना बनाउन लागेको बुझिएको छ । प्रदेश ५ अन्तर्गत राप्ती अन्चललाई केन्द्रीत गर्दै जनकारबाही बढाउने खबर आएपछी प्रहरीले खोजबिन र अनुसन्धान सुरु गरेको हो।
यद्धपी सो बारे आधिकारिक श्रोतबाट पुष्ठि हुन सकेको छैन। प्रहरीले सो बारे थाहा नभएको बताएको छ। प्युठान प्रहरी इन्सपेक्टर गोपिकृष्ण सुबेदिले प्रहरी परिचालन बारे बोल्न चाहेन्न बरु प्युठानमा त्यस्तो केही घटना परिघटना नभएको भन्दै तर्किन खोजे।उता नेकपाका प्युठान जिल्ला इन्चार्ज अजयले जिल्लामा नेकपा माओबादीको कुनै कार्यक्रम भेला र बैठक बारे जानकारी नभएको उल्लेख गरे।
अहिले सादा पोशाकका प्रहरी तैनाथमा रहेको स्थानियले बताएका हुन। कपिलबस्तु दाङ प्युठान र अर्घाखांचिका सिमानाकामा प्रहरीले तैनाथी बढाएको छ भने। ४०/५० जनाको संख्यामा प्रहरी परिचालित भएका छन्। एक विश्वस्त स्रोतका अनुसार एनसिएल टावरको लोकेशनका आधारमा सो क्षेत्रमा निगरानी बढाईएको हो।
नेकपाका उच्छ तहका नेताहरुको संवाद नेट्वर्कले क्याच गरेको र सो संवादको लोकेशन अर्घाखाची र प्युठान देखाएपछी प्रहरीले उच्च सतर्कता सहित निगरानी बढाएको हो।











प्रतिक्रिया