काठमाडौं । आमरण अनसनरत डा गोविन्द केसीका मागका विषयमा प्रधानमन्त्री केपी ओलीसहितको टिमबीच वार्ता हुने भएको छ ।
नेकपाका नेता सुवासचन्द्र नेम्वाङ तथा डा.केसीको तर्फबाट वार्ता टोलीमा रहेका सदस्यहरू अहिले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् । वार्तामा सकेसम्म आजै कुरा मिलाएर डा.केसीको अनशन तोडाउने तयारी भएको स्रोतले जनाएको छ ।
डा.केसीको अनशनको २५ औं दिनमा पहिलोपटक सरकार र केसी पक्षबीच मंगलबार वार्ता भएको थियो । संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने पूर्वशर्त छाडेपछि शुरु संवाद सकारात्मक रहेको बताइए पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन ।











प्रतिक्रिया