पत्रकार सम्मेलनमा रुँदै राजिनामा दिए कानून मन्त्री तामाङले

0
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ पत्रकार सम्मेलनमै रोएका छन् ।

श्रीमती उषाकला राईसहित पत्रकार सम्मेलनमा उपस्थित भएका सुरूमा उनले आफूले पदभार सम्हालेपछि गरेका कामहरूको बारे चर्चा गरेका थिए । त्यसपछि उनी भावुक बनेका थिए । उनका आँखा रसाएका थिए ।

उनले राजीनामा दिने चर्चा भए पनि उनले पहिलो चरणको पत्रकार सम्मेलनमा राजीनामा घोषणा गरेनन् ।