कानुनमन्त्रीले राजीनामा दिने

0
Shares

काठमाडाैं । कानुन मन्त्री शेरबहादुर तामाङले राजिनामा दिने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उनले राजिनामा दिन लागेका हुन्।

शनिबार चाबहिलमा आयोजित एक कार्यक्रममा उनले बंगलादेशमा अध्ययनरत नेपाली चेलीहरुले शरिर बेचेपछि मात्र एबिबिएसको सर्टिफिकेट पाउने विवादास्पन अभिव्यक्ति दिएका थिए । उनको सो टिप्पणीको आलोचना भएको थियो। मन्त्री तामाङले आइतबार माफि समेत मागेका थिए।

तर, मन्त्री पदमा रहेको व्यक्तिले जथाभावी बोलेको भन्दै कारबाही स्वरुप उनलाई राजिनामा दिन लगाइएको हो। का शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका छन् ।

मन्त्री तामाङले दिउँसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् । स्रोतका अनुसार उनले त्यहीबाट मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्ने तयारी छ ।