पाकिस्तान: महिला उम्मेदवार

0
Shares

इस्लामावाद,(एजेन्सी)
हमिदा साहिद नामक महिलाले अफगानिस्तानको सिमासंग जोडिएको पाकिस्तानको रुढीवादी आदीवासी क्षेत्रबाट संसदका लागि उम्मेदवारी दिएर इतिहास रचेकी छिन् । कुनै समय तालिवानको बलियो पकड रहेको दिरमा महिला अधिकारको नामोनिसान थिएन भने महिलाहरुलाई चुनावमा भोट खसाल्न समेत दिइँदैन थियो ।

उनले पुर्व क्रिक्रेटर इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफबाट चुनाव उठ्न टिकट पाएकी हुन् । गत वर्ष पाकिस्तानको निर्वाचन आयोगले कुनै पनि महिलाले मतदान नगरेकै कारणले दिरको परिषदको चुनावको परिणाम अस्विकार गरेको थियो ।