काठमाडौं । लामो समयदेखि अबैध रुपमा हुण्डी कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गिरोहले विभिन्न मुलुकमा हुण्डी मार्फत रकम पठाउने गरेको विशेष सुराकीको आधारमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
महाशाखाले न्युरोड, पुतलीसडक, ताहाचल लगायतका स्थानमा छापामारी पाच हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ५३ लाख नगद र २३ लाख रुपिया बरावरको चेक बरामद गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट बिभिन्न बैकका हस्ताक्षर गरी राखिएका चेकबुकहरु,वाट्सएपमा गरिएको हुण्डीको कारोबारको विवरण, हुण्डी कारोबार गरिएको कागजातहरु बरामद गरिएको छ । नेपालबाट विदेश अध्ययन गर्न जाने र विदेशमा कमाइ गरेको रकम हुण्डी मार्फ पठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले पक्राउ परेकाहरुले मलेशिया, कतार, अष्ट्रेलिया लगायतका मुलुकवाट रकम ल्याउने र पठाउने गरेको जानकारी दिनुभयो ।
अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीले हुण्डी मार्फत रकम कारोबार गर्ने गरेको प्रहरीले दावी गरेको छ ।
प्रहरीले भारत दिल्ली घर भइ कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका संचालक विजय गुप्ता, ललितपुर महालक्ष्मीथान स्थित सिभरसिटी सहकारीका कर्मचारी दीपक श्रेष्ठ र पुजन जिमी, वाफल स्थित ब्राइन इन्टरलेशनलका कर्मचारी संजित पाण्डे, भारत घर भइ हाल ताहाचल बस्ने अंकित अग्रवाल रहेका छन् ।
पक्राउ परेका मध्य अधिकांसले वाट्स एप मार्फत विवरण संकलन गरी हुण्डी कारोबार गर्ने गरेको खुलेको छ ।
प्रहरीले विजय गुप्ताको साथबाट ३४ लाख ६८ हजार नगद , सिभरसिटीका सहकारीका श्रेष्ठको साथबाट ९ लाख ९० हजार नगद र १० लाख ३ हजार रुपिया बराबरको दुई वटा चेक र सोही सहकारीमा कार्यरत पुजनको साथबाट २३ हजार नगद र १० हजार चेक बरामद गरेको छ । त्यस्तै संजित पाण्डेको साथबाट ३ लाख ३१ हजार नगद र १३ लाख रुपिया बराबरको तीनवटा चेक र अंकित अग्रवालको साथबाट ५ लाख रुपिया नगद बरामद गरिएको महाशाखाले जनाएको छ ।
पक्राउ परेका सबैजनालाई आन्तरिक राजश्व विभाग पठाइएको छ । प्रहरीले रकम पठाउने र ल्याउनेको विवरण सहितको महत्वपुर्ण कागजात बरामद गरेको छ ।
महाशाखाले यो वर्ष हुण्डी कारोबारमा संलग्न एक दर्जन भन्दा बढीलाई पक्राउ गरेको छ । यसअघि गएको जेठ २२ मा ५१ लाख रुपिया नगद र करिब ३ करोड रुपियाको चेक बराबर रकम सहित ७ जनालाई पक्राउ गरेको थियो । त्यस्तै असार २० गते २० लाख रुपिया नगद, २३ गते १० लाख रुपिया नगद सहित छुट्टाछुट्टै व्यक्तीलाई पक्राउ गरेको थियो ।











प्रतिक्रिया