मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको ज्यान गयो, १ घाइते

0
Shares

कविराज नेपाल, पाल्पा ।

पाल्पा जिल्लामा लगातार तीन दिन सम्म भएका मोटरसाइकलसँग सम्वन्धित तीन दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन भने एक गम्भीर घाइते भएका छन ।

जिल्लाका दुइ दुर्घटना तानसेन–वुटवल खण्डमा भएका हुन भने एक दुर्घटना पूर्वी पाल्पाको रामपुरमा भएको हो ।

सुक्रवार साँझ, सनिवार साँझ र आइतवार विहान भएको यी दुर्घटनामा चार जनाको मृत्यु र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आइतवार विहान करिव साढे ११ वजेतिर यस राजमार्गको सिद्धार्थ राजमार्गको सिद्धवावा नजिक «ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार वावुछोराको मृत्यू भएको छ ।

तानसेनबाट वुटवलतर्फ जादै गरेको ना ३ ख १००८ नम्वरको ट्रकले अगाढी गुडिरहेको लु २१ प ९६८० नम्वरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार वावुछोरा माथागढी २ आपटारीका ५० वर्षीय माधव कुमाल र उनका छोरा १९ वषर््िाय उमेश कुमालको घटनास्थलमै मृत्यू भएको जिप्रका पाल्पाका प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले वताए । मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइलमा सवार वावुछोरा २ सय मीटर तल तिनाउ नदीको किनारमा पुगेका थिए भने मोटरसाइकल सडक छेउमै अड्किएको थियो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै शनिवार साँझ सिद्धार्थ राजमार्गकै डुम्रे नजिक जीपले मोटरसाइकललाई ठककर दिदा म मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको थियो एक जना घाइते भएका थिए छन ।

वुटवलवाट तानसेन आउदै गरेको लु १ च ४०८० नम्वरको जीप र वुटवल तर्फ जादै गरेको लु १९ प ७०२१ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किदा तानसेन नगरपालिका १४ रिडीका २२ वर्षिय कृष्ण पुनको मृत्यू भएको छ । दुर्घटनामा परि सोही ठाउँका २९ वर्षिय मोटरसाइकल चालक विनोद थापा गम्भीर घाइते भएकोमा उनको मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।

त्यस्तै सुक्रवार साँझ पूर्वी पाल्पाको रामपुरको बाँगेपसलदेखि इस्लामपुर तर्फ जादै गरेको लु ४३० प ६३०७ नम्वरको मोटरसाइकलले रामपुरकै सदावर्त भन्ने स्थानमा ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको हो । मृत्यू हुनेमा रामपुर ४ इस्लामपुरका ७५ वर्षिय मुस्ताज मिया छन ।

मोटरसाइकल चालक हुसेन सुनार लाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । तिव्रगतिमा मोटरसाइकल भएकाले दुर्घटना भएको स्थानीयले वताएका छन ।