अमेरिका: टेप एफबीआइमा

0
Shares

वासिंगटन (एजेन्सी)
अमेरिकाका राष्टपति डोनाल्ड ट्र््म्पको लामो समयदेखि वकिल रहेका माइकल कोहेनले पुर्व प्लेब्वाय मोडल केरेन म्याकडुगललाई पैसा दिएको विषयमा उसँग भएको छलफलको रिकर्डिंग गरेका थिए, हाल उक्त टेप एफबीआईमा पुगेको छ ।

द न्युयोर्क टाइम्सले शुक्रबार आफनो एक समाचारमा एफबीआईले यो बर्ष कोहेनको कार्यालयमा छापामार्ने क्रममा उक्त रिकर्डिंग कब्जामा लिएको उल्लेख गरेको छ । सन् २०१६ का राष्टपति चुनावका क्रममा ट्र्म्पका विषयमा लज्जास्पद तथ्यहरु बाहिर आउन नदिनका लागि महिलाहरुलाई पैसा दिने गरेको विषयमा भइरहेको जाँचको घेरामा कोहेन पनि परेका छन् । कोहेन अहिले ट्र्म्पको वकिल होइन ।