भारत: मोदीलाई राहुलको अंकमाल

0
Shares

नयाँदिल्ली (एजेन्सी)
भारतको संसदमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकार विरुद्ध अविश्वास प्रस्तावमा छलफल भइरहेको छ । छलफलका क्रममा कांग्रेस अध्यक्ष राहुल गान्धीले संसदमा लामो भाषण सकाउँदै अन्त्यमा मोदीलाई अंकमाल गरेका थिए ।

गान्धीले भाषण सकिएपछि मोदी बसेको सित तर्फ गएर उनलाई अंकमाल गरि आंखा झिम्क्याएका थिए । उक्त घटनालाई लिएर सभामुख सुमित्रा महाजनले प्रधानमन्त्रीको मर्यादा हुने र संसदमा मुन्नाभाइको सैलीमा ‘झप्की‘ नचल्ने र सदनको गरिमा बनाइराख्न सचेत गराएकी थिइन् । मोदी सदनमा प्रधानमन्त्रीका रुपमा बसेकोले गान्धीको कृयाकलाप गलत भएको उनले बताइन् ।