बेलायत: टेरिजाको हत्या प्रयास

0
Shares

लन्डन (एजेन्सी)
बेलायतकी प्रधानमन्त्री टेरिजा मेको हत्या गर्ने षडयन्त्र गरेकोमा इस्लामिक स्टेटका एक सदस्यलाई दोषी ठहर्याइएको छ । बंगलादेश मुलका ती बेलायती नागरिकले डाउनिंग स्ट्रिटमा आक्रमण गर्ने तयारी गरेका थिए ।

नाइमुर जकारिया रहमान विरुद्ध यसै हप्ता लन्डनको ओल्ड बेली अदालतमा सुनवाई भएको थियो । उनले १० डाउनिंग स्ट्रिटको प्रवेशद्वारलाई बमले उडाउने, सुरक्षा गार्डको हत्या गर्ने र त्यसपछि प्रधामन्त्रीमाथि चक्कु वा बन्दुकले आक्रमण गर्ने योजना बनाएका थिए । उनको योजना अमेरिकी एफबीआइ, बेलायतको एमआई ५ र स्कटल्यान्ड यार्डको संयुक्त गुप्तचर अभियानमा विफल भएको थियो ।