भारत: बालिका वलात्कृत

0
Shares

चेन्नाइ,(एजेन्सी)
भारतमा सत्रजना पुरुष माथि चेन्नाइ शहरमा एउटी एघार वर्षिया बहिरा बालिका माथि सामुहिक वलात्कार गरेको अभियोग लगाइएको छ । प्रहरीका अनुसार तिनीहरुले उनी माथि यो वर्षको शुरु देखिनै पटक पटक वलात्कार गदै आएका हुन् ।

प्रमुख पिडक ति बालिका बस्ने अपार्टमेन्ट ब्लकका लिफ्ट अपरेटर भएको बताइएको छ । ति व्यक्तिले बालिकालाई लठिने औषधि ख्वाएर कुकृत्य गरेपछि अन्यलाई पनि त्यसमा सरिक बनाएको प्रहरीको भनाइ छ । यस पछिल्लो हिंसात्मक यौन उत्पिडनको कारण भारतमा अहिले व्यापक जनआक्रोश फैलिएको छ ।