अमेरिका: एलईडी चिम खतरनाक

0
Shares

लसएन्जलस (एजेन्सी)
हालै गरेको एक अध्ययनले एलइडी प्रकासको बढ्दो प्रयोगले मस्तिष्क रोगीको उपचारमा खराब असर परिरहेको देखाएको छ । अहिले एलइडी चिमको प्रयोग ब्यापक रुपमा बढिरहेको छ । सडक, पब, बार, सिनेमाहल देखि ट्राफिक सिग्नल र पुस्तकालय जस्ता पढ्ने ठाउँ वा युनिभर्सिटीहरुमा पनि एलइडी चिमको प्रयोग भइरहेको छ ।

यसले प्रकाशयुक्त प्रदुषण फैलाइरहेको छ । मानिसहरु अहिले यो प्रदुषणको सिकार भइरहेको सोधले देखाएको छ । निलो प्रकासले मानव सरीरमा पार्ने असरको पहिला अनुसन्धान भएको हो । यो प्रकासले हाम्रो सरीरलाई निन्द्राको स्मरण गराउने रसायन मेलाटोनिनको बहावलाई रोक्छ ।