टर्की संकटकाल अन्त्य

0
Shares

इस्तानबुल (एजेन्सी)
टर्कीमा दुई बर्ष अगाडी लगाएको संकतकाल विहिबारबाट अन्त्य भएको छ । तर विपक्षीले अब यसको ठाउँमा अझ धेरै दमनकारी कानुन बैध तरिकाबाट लागु गर्न सक्ने आसंका गरेका छन् ।

सन् २०१६ मा असफल सत्ता अपदष्ठ प्रयास, अंकारामा भएको बम विस्फोट र इस्तानबुलमा भएका हिँसात्मक झडपमा २ सय ४९ जनाको मृत्यु भएपछि संकतकाल लगाइएको थियो । सरकारले प्रत्यक तीन महिनामा बढाउँदै आइरहेको उक्त संकतकाल आठौं पटक नबढाउने निर्णय गर्दै अन्त्य गरेको घोषणा गरेको हो । संकतकाल क्रममा करिब ८० हजार नागरिक हिरासतमा लिइएको र त्यसको दुईगुणा कर्मचारीले जागिर गुमाएका थिए ।