भारत: दुई घर भत्किए

0
Shares

नयाँदिल्ली (एजेन्सी)
भारतको राजधानी दिल्लीसँग जोडिएको उत्तर प्रदेशको ग्रेटर नोयडामा दुई वटा भवन भत्किँदा कयौं पुरिएको आशंका गरिएको छ । अहिलेसम्म तीन शव निकालिसकेका अधिकारीहरुले पुष्टि गरेका छन् । शाहबेरी गाउमा मंगलबार राती साढे आठ बजे उक्त दुर्घटना भएको हो । भत्किएका भवन मध्य एक निर्माणाधिन भएको र अर्को दुई बर्ष अगाडी नै तयार भइसकेको बताइएको छ ।

भग्नावशेषमा कति जना पुरिएका संख्या यकिन नभएपछि ४०–५० पुग्ने प्रत्यक्षदर्शीहरुले बताए । तर घटनास्थलमा पुगेका अधिकारीहरुले भवनमा फसेकाको संख्या १० भन्दा कम हुने बताएका छन् ।