काठमाडौँ, (नेस)
एन्.के.सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिकविद्यालयको आयोजना तथा अखिलनेपाल फुटबल सङ्घ(एन्फा) को सहकार्यमा विश्वकप फुटबल २०१८ लाई लक्षित गरीे ‘दोस्रो एन्.के.सिंह अन्तर विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगितामा उपत्यका लगायत मोफसलका गरी जम्माबीस विद्यालयको सहभागिता रहेको थियो ।
कार्यव्रmमका प्रमुख अतिथि तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय भक्तपुर प्रथम, निर्भाना एकेडेमी द्वितीय, जेम्स स्कुल तृतीय, युनाइटेड स्कुल चौथो र भानुभक्त मेमोरियल मावि पाँचौँ भएको थियो । प्रथम हुने सैनिक आवासीय महाविद्यालय भक्तपुरले सिम्रिक एयरद्वारा प्रायोजित माउन्टेन फ्लाइटको तीनओटा टिकट प्राप्त ग¥यो ।
प्रतियोगितामा फिफा विश्वकप केन्द्रित भएर प्रश्नहरू सोधिएको थियो । सहभागी २० विद्यालयलाई विभिन्न समूहमा विभाजन गरी अन्तिम चरणका लागि ५ ओटा विद्यालय छनोट गरिएको थियो । सन् २०१४ देखि सुरु भएको उक्त प्रतियोगिता हरेक चार वर्षमा गरिने व्यहोरा कार्यव्रmममा जानकारी गराइयो ।
विश्वकप खेल र सो सँग सम्बन्धित विषयमा जानकारी गराउने र विद्यार्थी र विद्यालयकाबीचमा आपसी सहकार्य र भाइचाराको सम्बन्ध अभिवृद्धि गराउने उद्देश्यले कार्यव्रmमआयोजना गरिएको इपएिस स्कूलकी प्रिन्सिपल प्रमिला सिंहले जानकारी गराउनुभयो ।
प्रतिक्रिया