काठमाडौ, (नेस)
फुटबलसंग सम्बन्धित ब्यक्तित्वहरुद्वारा स्थापित संस्था फुटबलर्स मिसन टूगेदरले सोमबार नेपाल पुलिस क्लबमा बिभिन्न कालखण्डका नेपाली फुटबल खेलाडीलाई परिचित गराउने उद्देश्यले “फुटबलर्सको समर्पण फुटबलरलाई’ स्मारिका विमोचन गरिएको छ ।
उक्त कार्यक्रममा पूर्व खेलाडी तथा रेफ्रीहरुलाई सम्मान गरिएको छ । उपराष्ट्रपति नन्द बहादुर पुन (पसांग) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पुरुष पूर्व फुटबलर र रेफ्री गरी ३२ जनालाई सम्मान गरिएको थियो । यस्तै १८ जना पूर्व महिला फुटबलर र रेफ्रिहरु पनि सम्मानित भएका थिए । दिवंगत भएका नेपाली फुल खेलाडीहरुको तस्वीरमा फूलमालाले श्रद्धान्जलि अर्पण गरिएको उक्त कार्यक्रममा उनीहरुको नाममा एक मिनेट मौन धारण समेत गरिएको थियो ।
यस्तै वर्तमान राष्ट्रीय टिमका खेलाडीलाई आसन्न एसियन गेम प्रतियोगिताका लागि शुभकामना दिइएको थियो । कार्यक्रममा फुटबलर्स मिसन टूगेदरका अध्यक्ष विष्णु गोपाल श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत विशिस्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया