पेरिस, आइतबार मस्कोस्थित लुज्निकी स्टेडियममा भएको फाइनल खेलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएर फ्रान्स २१ औं विश्वकपको च्याम्पियन बनेको छ ।
यसकै खुसियालीमा फ्रान्सका मुख्य शहरहरु हर्ष र उल्लासले भरिएको छ । खुसियाली मनाउने क्रममा फ्रान्सका दुई समर्थकको ज्यान पनि गएको अन्तराष्ट्रिय समाचार माध्यामहरुले उल्लेख गरेका छन् ।
फ्रान्सको पेरिसमा रहेको आईफेल टावर अगाडी ठुलो संख्यामा मानिसहरुको भीड छ । फ्रान्सेलीहरु हर्ष र उमंगकासाथ सडकमा उत्रिएका छन् ।
भीडका कारण मुख्य सडकहरु जाम छन् भने कसैको ज्यानै गएको छ, कायौं मानिसहरु घाईते भएको अवस्था छ । फ्रासेलीहरुले निकालेको विजयी जुलुस प्रहरी नियन्त्रण बाहिर छ ।
फ्रान्स समर्थकहरुले सडकमा होहल्ला गर्नुका साथै पटका पड्काएर विश्वकप विजयको खुसी मनाएका छन् ।
प्रतिक्रिया