विराटनगर, (नेस)
विराटनगर महानगरपालिका भित्र फोहोर संकलनको जिम्मा लिएको बेस्ट म्यानेजमेन्ट ग्रुपका कर्मचारीले एक उपभोक्तापरिवारलाई घरमै प्रवेशगरि कुटपीट गरेका छन । पीडित परिवारले न्यायको पहल गरिदिन मागगर्दै आज नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजनागरि सो बिषयमा जानकारी गराएको छ ।
विराटनगर ६ जुनेलीमार्गका महेन्द्रकुमार साहले पत्रकार सम्मेलनको आयोजनागर्दै आफु घरमा नरहेको अवस्थामा शनिबार बिहान ग्रुपका कर्मचारीसहित ५० जना ब्यक्तीहरुको समुहले आफ्नो घरमा प्रवेशगरि श्रीमति बबिता शाह र छोरा मोहित शाहलाई कुटपीट गरेको जानकारी दिनुभयो । फोहोर संकलक संस्थाले नियमितरुपमा फोहोर संकलन नगर्नेगरेका छरछिमेकका १४ परिवारसहित आफुले समेत मासिक शुल्क नबुझाएको निहुँमा हातहतियार सहित घरमै प्रवेशगरि कुटपीट गरिएको साहले बताउनुभयो ।
शुल्क नबुझाएको निहुँमा यसअघिदेखिनै श्रीमति बबितासंग दुब्र्यवहार र मानिसक यातना दिंदै आएका फोहोर संकलक ठेकेदार ग्रुपका ब्यवस्थापक देवीप्रसाद आचार्य नेतृत्वमा आएको समुहले श्रीमति र छोरालाई कुटपीट गरेको साहको भनाई छ । कुटपीटबाट श्रीमतिको दाहिने हात र घुंडामा र छोरा मोहितको देब्रे आंखा र घुंडामा चोट लागेको उहांले जानकारी दिनुभयो । समुहले कुटपीट गर्नेक्रममा आफ्नो कोठामा राखिएको ३ तोला बराबरको सुनको गरगहना समेत लुटिएको साह परिवारले दाबी गरेको छ ।
पत्रकार सम्मेलनमा घटनाको समयमा मोबाईलबाट खिचिएको फोटोहरु समेत प्रस्तुत गरिएको थियो । साह परिवारले पीडकपक्षलाई कारवाहीको मागगर्दै जिल्ला प्रशासन,प्रहरी र मानवअधिकार आयोगलाई समेत उजुरी गरेको जानकारी दिएको छ । सो बिषयमा प्रतिक्रिया लिन वेस्ट म्यानेजमेन्टका ब्यवस्थापक आचार्यलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएन चाहेनन ।











प्रतिक्रिया