सरिता चलाउने, सल्यान
सल्यानमा लगाएको तरकारीबाली नष्ट गर्न थालेपछि शंखेकिरा नियन्त्रण अभियान शुरु गरिएको छ । जाईन्ट अफ्रिकन स्नेल अर्थात ठूलो आकारको शंखेकिराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैबाली आदिमा क्षती पु¥याउन थाले पछि स्थानिय सरकारको पहलमा शंखेकिरा नियन्त्रण गर्न शुरु गरिएको हो । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ बरलामा किसानले लगाएको बालीमा क्षती गरे पछि बिहीबार, शुक्रबार र शनीबार गरेर १२ क्वीन्टल शंखेकिरा संकलन गरिएको छ ।
२÷४ बर्ष पहिले सम्म शंखेकिरा सामान्य मात्रामा कहिकतै मात्रा देखिए पनि गत बर्ष देखी ब्यापक रुपमा फैलिएको कृषक भिमबहादुर बुढाथोकीले बताए । उनले आफुले खेलमा लगाएको भिन्डी, करेला, बोडी, बन्दा, भान्टा आदीमा शंखेकिराले क्षती पु¥याएको बताए । ‘पहिले सामान्य मात्रामा केही कतै थियो, तर अहिले नियन्त्रण भन्दा बाहिर जाने अबस्थामा आईसक्यो, मैले रोपेका तरकारीको पात तथा डाँठ नै किराले खायो’ —उनले थपे ‘बर्षेनी तरकारी बाट ६÷७ लाख आम्दानी गर्थे, तर अहिले आधा लाख बढी किराले नष्ट गरिदियो ।’
शुरु शुरुमा यहाँका किसानहरुले शंखेकिरा नियन्त्रणको लागी आफै बिषादी छर्ने, किरा संकलन गरेर मार्ने समेत गरेका थिए । तर अहिले यस किरा ब्यापक रुपमा फैलिएपछि आफै नियन्त्रण गर्न समस्या भएको किसानहरु बताउछन् । अहिले यस वडाको करिब २५ हेक्टर क्षेत्रफलमा शंखेकिरा फैलिएको जिल्ला कृषि बिकास कार्यालय सल्यानका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत अमरराज शर्मा घिमिरेले बताए ।
उनले प्रायः यो किरा गर्मी हुने ठाँउमा बढी मात्रामा हुने गरेको बताए । ‘जिल्लाका अन्य ठाँउहरुमा पनि हल्का मात्रामा शंखेकिरा भएको सुन्नमा आएको छ तर यहाँ त ब्यापक रुपमा फैलियो’— उनले भने । उनले शंखेकिरालाई बिषादीको प्रयोग गरेर नियन्त्रण गर्न नसकिने बताए । यस किरालाई आईपिएम प्रबिधि प्रयोग गरेर मात्रै कम गर्न सकिन्छ । अहिले किरा संकलन गरेर नुन राख्ने र नुनले किरा मर्ने उनले बताए । घिमिरेले खेतबारी वरपर सरसफाई गरेमा पनि केही हदसम्म बालीमा किरा नलाग्ने बताए ।
शारदा नगरपालिकाको आर्थिक सहयोग र ६ नम्बर वडा कार्यालयको पहलमा शंखेकिरा नियन्त्रण अभियान शुुरु गरिएको वडा अध्यक्ष भिकराज बुढाथोकीले बताए । उनले करिब ७० हजार खर्च गरेर १ हजार २ सय २ किलोग्राम शंखेकिरा संकलन गरिएको बताए । शंखेकिराले किसानले लगाएको बाली सखाप पार्न थालेपछि वडा कार्यालयको पहलमा संकलन गर्न शुरु गरिएको उनले बताए । उनले संकलन गरिएको किरामा नुन राखेको र सबै मरे पनि खाडल खनेर गाड्ने बताए । यहाँका किसानले गरेको खेतीमा टुटा अप्सुलुटा जस्ता किराको प्रकोप पनि बढ्दै गएको छ ।











प्रतिक्रिया