शालिकराम चालिसे, नुवाकोट
नुवाकोटमा गत वैशाख १ गतेबाट शुरु भएको आार्थक गणना सम्पन्न भएको छ । सार्वजनिक गरिएको तथ्याङकमा नुवाकोट ८ हजार ८ सय ९ व्यवसायिक प्रतिष्ठान रहेको जिल्ला तथ्याङक कार्यलय नुवाकोटले जनाएको छ ।
राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आँकलन गर्ने उद्देश्यले सरकारले पहिलो पटक सञ्चालन गरेको आर्थिक गणना नुवाकोटसहित देशभरै एकैसाथ शुरु भएको थियो । सार्वजनिक गरिएको तथ्याङ्कमा ८ हजार ८ सय ९ व्यवसायिक प्रतिष्ठानमार्फत नुवाकोटमा रहेको २ नगरपालिलका र १० गाउँपालिकामार्फत कुल ३२ हजार ३२ जना जनशत्ति क्रियाशिल रहेको तथ्याङ्क कार्यलय नुवाकोटका तथ्याङक अधिकृत भविश्वर घिमिरेले बताउनुभयो ।
अधिकृत घिमिरेका अनुसार विदुर नगरपालिकामा ३ हजार १९ ओटा, बेलकोटगढी नगरपालिकामा ९ सय ४८ ओटा , दुप्चेश्वर गाउँपालिकामा ७ सय ५६ ओटा व्यावसायिक प्रतिष्ठान रहेको छ ।
आठ हजार व्यावसायिक प्रतिष्ठान रहेको जानकारी
त्यस्तै लिखु गाउँपालिकामा ६ सय १, ककनी गाउँपालिकामा ६ सय, तादी गाउँपालिकामा ५ सय ६९ सूर्यगढी गाउँपालिकामा ४ सय ५, किस्पाङ गाउँपालिकामा ४ सय ९, मेघाङ गाउँपालिकामा ४ सय ४ व्यावसायिक प्रतिष्ठान घिमिरेले बताउनुभयो । त्यस्तै तार्केश्वर गाउँपालिकामा ३ सय ८९ , पञ्चकन्यामा ३ सय ५७ र शिवपुरीमा ३ सय ५२ व्यवसायिक प्रतिष्ठान कार्यलयले जनाएको छ ।
गणनाबाट प्रशासनिक, भौगोलिक र आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानको संख्या, प्रतिष्ठानमा संलग्न तहगत, प्रकृति र लिङ्कअनुसार कर्मचारी संख्या, आर्थिक एकाइको घनत्व, कार्यरत जनशक्तिका आधारमा प्रतिष्ठानको औसत आकार, तलबी र बेतलबी कामदारको अनुपात, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानको अनुपातिक वितरण निकालिएको घिमिरेले बताउनुभयो ।
आर्थिक गणनामार्फत प्रमुख पाँच आर्थिक क्रियाकलाप, पूँजीगत स्थितिका आधारमा आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानको वितरण, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार वैदेशिक पूँजीको अनुपात, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार आम्दानी, बिक्री र सञ्चालन खर्चको वितरण, दर्ता स्थितिअनुसार प्रतिष्ठानको अनुपात, वैधानिक स्थितिअनुसार प्रतिष्ठानको अनुपात, व्यवसाय सञ्चालन हुने समयअनुसार प्रतिष्ठानको वितरणसमेत तयार गरिएको छ ।
घिमिरेका अनुसार गणनामार्फत प्रतिष्ठानले ओगटेको भवन, जग्गाले ओगटेको क्षेत्रफलअनुसार वितरण, ऋणमा पहुँच हुने प्रतिष्ठानको अनुपातलगायतका सूचकसमेत निकालिएको छ । “आर्थिक क्षेत्रमा पहिलो पटक प्रतिष्ठानमा नै पुगेर संकलन गरिएको विवरण संघीयता कार्यान्वयनको चरणमा धेरै क्षेत्रका लागि महत्वपूर्ण रुपमा लिन सकिन्छ” उहाँले भन्नुभयो ।
आर्थिक नीति, योजना निर्माण तथा प्रशासनिक कार्यमा, अध्ययन तथा अनुसन्धान, उद्योग, व्यापार, श्रम, अन्य आर्थिक क्रियाकलाप र सेवा प्रदान गर्ने क्षेत्र, तथ्याङ्कीय सर्वेक्षणको नमूना तयार, नेपाल तथ्याङ्कीय व्यावसायिक रजिष्ट्रार निर्माण र राष्ट्रिय लेखा तथ्याङ्कको अभिवृद्धिका लागि सार्वजनिक भएको नतिजालाई ऐतिहासिक मानिएको छ ।











प्रतिक्रिया