शालिकराम चालिसे, नुवाकोट
जिल्ला प्रशासन कार्यालय नुवाकोटको नजिकै रहेको गल्छी–त्रिशूली–रसुवागढी सडक कार्यालय दैनिक साँझ भट्टीमा परिणत हुँदा पनि स्थानीय प्रशासन मौन छ । उक्त आयोजनाका प्रमुख सुबोध देवकोटाले आयोजनाको कार्यालयलाई भट्टीको रूपमा परिणत गरेका छन् । आर्थिक वर्षको अन्तिमतिर लाग्दै गर्दा देवकोटाले काठमाडौंदेखिका आफ्नोनिकटका सरकारी कर्मचारीलाई बोलाएर कार्यालयमै रक्सी पार्टी दिएका छन् ।
काठमाडौंमै सुरा, सुन्दरी मिलाएर जुनियर इन्जिनियर भएर पनि ठूलो परियोजनामा हात हाल्न सफल देवकोटालाई काङ्ग्रेसनिकटका सडकका कर्मचारीहरू नै बिचौलिया भन्छन् । उनी पैसा र सुन्दरी मिलाएर जस्तोसुकै काम पनि गर्दै आएको स्रोतले जानकारी दिएको छ ।
उनी पैसा र सुन्दरी मिलाएको कारण गल्छी–त्रिशूली–रसुवागढी सडक कार्यालयमा प्रमुख भएर आएका हुन् । केही काङ्ग्रेसनिकटका कर्मचारीहरू आउने प्रयास गर्दा उनले मागअनुसारका इच्छा पूरा गरेको कारण ठूलो परियोजना पाएका हुन् । ठेकेदारसँग पैसा उठाएर खाएको कारण उनले ठेकेदारलाई राम्रोसँग काम नै लगाउन सकेका छैनन् । ठेकदारले जहाँ आफूलाई सजिलो हुन्छ त्यही काम गर्दा देवकोटाले सहमति दिएका छन् । ठेकेदारका अनुसार देवकोटा नाच्दा गल्छीदेखि देवीघाटसम्मको सडक राजमार्ग होइन मृत्युमार्गजस्तै भएको छ ।
पछिल्लो समयमा उनले सडक विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठ र भौतिक मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नाम लिएर पैसा उठाउने कामसमेत गरेका छन् । तर, सचिव अधिकारी यसअघि कहिल्यै भौतिक मन्त्रालयको कर्मचारी नै होइन । सचिव भएपछि पहिलोपटक भौतिक छिरेका अधिकारीलाई पैसा खान महिर सचिव भनेर बदनाम गराउने प्रयास गरेका छन् । देवकोटाले सचिवलाई चिनेको पनि भौतिकसचिव भएपछि मात्र हो । विज्ञापन पत्रिकामा छापेको पैसाको कमिशन पनि सचिवले माग्छन् भनेर देवकोटाले सचिवको बदनाम गरेका छन् ।
ठेकेदारसँग सचिवलाई रक्सी र खर्च दिन प¥यो भनेर देवकोटाले माग्दै आफैँले लिने गरेका छन् । उनले भौतिकमन्त्री रघुवीर महासेठलाई पनि आफैँले पैसा दिनुप¥यो भनेर ठेकेदारसँग थप पैसा मागेका छन् । देवकोटाले जति नै ठूला कुरा गरे पनि भौतिकमन्त्री महासेठ देवकोटाबाट पैसा उठाएर लिने हैसियतका छैनन् । उनले पैसा नै लिनुप¥यो भने नेपालका सबै ठेकेदारसँग सीधै उठाउने हैसियत राख्छन् ।
तर, देवकोटाले मन्त्री, सचिव र महानिर्देशकको नाममा पैसा उठाएर लुट मच्चाउने काम गरेका छन् । काठमाडौं गएको बेला पनि उनी सडकका केही ठूलालाई लिएर रात्रिक्लबमा जाने गरेका छन् । काङ्ग्रेसनिकटकै कर्मचारीहरू उनलाई गनाएका बदनाम इन्जिनियर भन्छन् । बदनाम इन्जिनियर ठूलो आयोजनाको प्रमुख हुँदा आयोजनाको काम लथालिङ्ग भएको छ । सडकको अवस्था झन्झन् बिगँ्रदै गएको छ । उनी भने दिउँसै जाँडमा लठ्ठ बन्दै गएका छन् । अन्तर्रा्ष्ट्रिय नाका जोड्ने गल्छी–देवीघाटजस्तो सडक खेतको गह्रामा परिणत हुँदै गएको छ ।
उक्त आयोजनामा प्रमुख परिवर्तन नगरेसम्म सो सडक निर्माणले गति लिने सम्भावना छैन । गल्छी–देवीघाट सडक दैनिक ६ घन्टा अवरुद्ध हुँदै आएको छ । यसबारेमा स्थानीय प्रशासन चाल नपाएकोजस्तै गरी बसेको छ । प्रमुख देवकोटाले प्रमुख जिल्ला अधिकारी उद्धव थापा र प्रहरी प्रमुख वसन्त कुँवरलाई आफूअनुकूल बनाइरहेका छन् । जनताले दैनिक सास्ती खेप्दासमेत प्रशासन यस्तै हो भनी आलटाल गरिरहेको छ ।











प्रतिक्रिया