क्लव डेजाभुले लियो प्रहरीसँग स्वीकृति पुनम पाण्डेको सहभागिता सुनिश्चित

0
Shares

काठमाडौं ।

अनुमति नै नलिएर बलिउडकी ‘सी’ ग्रेड नायिका पुनम पाण्डेलाई ल्याएर विश्वकप फुटबलको फाइनल खेल देखाउने तयारीमा गरेको काठमाडौंको दरबारमार्गस्थित क्लव डेजाभुको योजना सफल हुने भएको छ ।

प्रहरी र प्रशासनसँग स्वीकृति लिएसँगै क्लव डेजाभुका सञ्चालक केपी गैरेले पुनम पाण्डेको नाँचसहित विश्वकफको फाइनल खेल आइबार राति देखाउने तयारी गरेका हुन ।

क्लव डेजाभुले पूर्वस्वीकृति नलिएर भारतीय मोडल पुनम पाण्डेको नाचसँग विश्वकप फुटबल खेल देखाउने तयारी पहिलेदेखिनै गरेको थियो ।

विभिन्न सञ्चार माध्यमले अर्धनग्नका कुरालाई बाहिर लिएका छन् तर त्यस्तो केहि पनि नभएको क्लवका सञ्चालक गैरैले जानकारी दिएका छन् । र त्यसको सत्य तथ्य नबुझेर कुनै पनि सञ्चार माध्यमले समाचार लेखन नगरिदिनका लागि पनि गैरेले आग्रह गरेका छन् ।