प्रतिनिधिसभा बैठकः शोक प्रस्ताव पारित

0
Shares

काठमाडौं । प्रतिनिधिसभा आइतबारको बैठकले संविधानसभाका पूर्व सदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्व राज्यमन्त्री आलमको ५३ वर्षको उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो ।

उनी २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट रौतहट क्षेत्र नं २ बाट संविधानसभाको सदस्यमा निर्वाचित भएका थिए ।

बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव पढेर सुनाएका थिए । साथै, स्व आलमको निधनमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक सोमबार अपराह्न १ः०० बजे बस्नेछ ।