अष्ट्रियाको भियनामाकवि गोष्ठी कार्यक्रम सम्पन्न


भियना, २०५ औं भानु जयन्तीको अवसरमा अष्ट्रियाको राजधानी भियनामा कवि गोष्ठी आयोजना सौहाद्रपूर्ण रुपमा आज सुसम्पन्न भएको छ ।

डा. मधु सुदन आचार्यको सभापतित्व भएको यस गोष्ठीमा नेपालबाट पाल्नु भएका संस्कृतका विद्वान डा.बिष्णुराज आत्रेयज्यु, साहित्यकार बिन्दु सुवेदीज्यु र गुणनिधि शर्मा रिजाल बिशेष अतिथीको रुपमा उपस्थित हुनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा कविता, गजल वाचन पनि भएको थियो ।

यस्तै अतिथिको रुपमा उपस्थित रुद्र चूडाल, डा. दिपक ढुंगाना, प्रभु श्रेष्ठ, सुकृत शर्मा, अलंकार आत्रेय, श्रीमती शिला आचार्य हुनुहुन्थ्यो, डा. अलका आत्रेय चूडालको हृदयस्पर्शी उद्घोषणमा भएको यस कार्यक्रममा भाषा र साहित्यको बारेमा पनि बृहत छलफल भएको थियो ।