पहुँच बाहिरका वालवालिकालाई सामाग्री



अमृत अर्याल, स्याङ्जा ।
सिकाई केन्द्रका बालबालिकाहरुलाई पोसाक तथा सरसफाई सामाग्री वितरण गरिएको छ ।

दुर्गादेवि सामुदायिक सिकाई केन्द्र पुतलीबजार नगरपालिका स्याङजाले त्रिभुवन आर्दश बहुमुखी क्याम्पसमा सञ्चालित विद्यालय पहुँच बाहिर रहेका बालबालिकाहरुको सिकाई केन्द्रमा अध्ययनरत बालबालिकाहरुलाई सामाग्री वितरण गरेको हो । केन्द्रमा अध्ययनरत १५ जना बालबालिकाहरुलाई पोसाक तथा व्यक्तिगत सरसफाईका सामाग्रीहरु प्रदान गरेको हो ।

कार्यक्रमम बोल्दै वडा नंंं. २ का अध्यक्ष तिकराम श्रेष्ठले सिमित स्रोत र साधनमा नियमित कक्षा सञ्चालन गरी सिकाई केन्द्रले उत्कृष्ठ कार्य गरेको भन्दै सरहाना गर्नुभयो । कार्यक्रममा समाजसेवी खेमनारायण पराजुली, सिकाई केन्द्रका उपाध्यक्ष लेखनाथ शर्मा, दुर्गादेवि प्राविका प्रधानाध्यापक रमा पराजुली लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

सिकाई केन्द्रका अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहजकर्ता मुना काफ्लेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्