विकास पत्रकारीता अनुशिक्षण तालिम

0
Shares

अमृत अर्याल, स्याङग्जा

नेपाल पत्रकार महासंघ स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिकाको आर्थिक सहयोगमा विकास पत्रकारिता बिषयक एक दिने अनुशिक्षण कार्यक्रम स्याङ्जा सदरमुकाममा सम्पन्न भएको छ ।

अनुशिक्षण कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले पत्रकारिता जगत सत्य तथ्यमा आधारित भई निष्पक्ष ढंगले काम गर्नु पर्ने बताउदै आफनो जिम्मेवारीलाई पुरा गर्न सबै पत्रकारहरु एकजेट हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेश पत्रकार महासंघका सचिव इन्द्रप्रसाद पौडेल, उपप्रमुख दिपिल बगाले, पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रकाश डोटेल, प्रेस यूनियनका अध्यक्ष श्रीकृष्ण सिग्देल, पत्रकार महासंघका सदस्य मोहन गुरुङ लगायतले पेशागत पत्रकारिताका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।

पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भवानी अधिकारीले स्वागत एवं सचिव सुशिल सुवेदीले संचालन गर्नुभएको थियो । विकास पत्रकारिता बिषयमा पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेश पत्रकार महासंघका सचिव इन्द्रप्रसाद पौडेलले प्रशिक्षण दिनुभएको थियो ।