नव नाजीका सदस्यलाई आजीवन कारवास


वर्लिन,(एजेन्सी)
पाँच वर्ष लामो अदालती कारवाही पछि जर्मनीमा नव–नाजी समुहका एकजना सदस्यलाई जातिय कारणबाट प्रभाबित भएर दसजना व्यक्तिको ज्यान लिएको अभियोगमा दोषि ठहर भएको छ ।

बिटे च्यापे नामक महिला माथि सन् २०००देखि २००७ सम्म आठजना तुर्केली , एकजना ग्रिक र अन्य एकजना महिला प्रहरीको हत्या गरेको आरोप लगाइएको थियो । उनी विरुद्ध अदालतले आजिवन कारावास सुनाएको छ ।

संयोगवश सन् २०११ मा एउटा असफल डकैतीको अनुसनधान गने क्रममा नव नाजी समुहको विस्तृत विवरण खुलेपछि उनीबाट भएका हत्या श्रंखलाको रहस्योदघाट्न भएके थियो ।
च्यापे जर्मनीको पुर्वी शहर ज्विकाउमा दुईजना पुरुषसंग एउटा फ्ल्याटमा बस्ने गर्थिन् । उवी मुन्डलोस र उवी बोह्नहार्ड नामक ति दुई पुरुष आत्महत्या जस्तो देखिने घटना घटनामा मृत पाइएको थियो । डकैतीका लागि प्रयोग गरिएको सवारी साधनमा तिनीहरु जलेको अवस्थामा भेटिएका थिए ।

तिनीहरु तिनैजना मिलेर नेसनल सोसिलिस्ट अन्डरग्राउन्ड ( एनएसयु ) नामक समुह खडा गरेका थिए । प्रमाण नष्ट गर्ने क्रममा तिनीहरुले जानीजानी आफ्नै घरमा विस्फोट गराएको घटनाको छानविनबाट च्यापे प्रहरीको फन्डामा परेकी थिइन् । एनएसयु समुहलाई मद्धत गरेको अभियोगमा अन्य चारजना व्यक्तिलाई पनि कारावास संजाय तोकेको छ ।