भारतका मोटा प्रहरीहरुको जागिर खतरामा


नयाँदिल्ली,(एजेन्सी)
भारतको एउटा प्रहरी बलले आफ्ना अधिकारीहरुलाई शारिरीक वजन घटाउन वा सेवाबाट बिदावाजी गर्न तयार रहन आदेश दिएको छ । कर्णाटक स्टेट रिजर्भ पुलिस ( केएसआरपि ) को प्रमुख भाष्कर रावले आफु प्रहरी बलमा अधिक वजनका अधिकारीहरु बढ्दै गएकोमा बताएका छन् ।

रावले विगत अठार महिनामा अत्यधिक वजनसंग सम्बन्धित रोगकै कारण एक सय जना भन्दा बढि प्रहरी अधिकारीको मृत्यु भएपछि यो कदम चालिएको बताएका छन् । आफ्ना जीवन शैली र आहार विहार परिवर्तनका लागि सहयोग प्रदान गरिने बताइएको छ ।

चौंध हजार सदस्य रहेको केएसआरपि हिंसा दंगा नियन्त्रण लगायत विशेष घटनाहरुमा परिचालन गरिने गर्दछ । केएसआरपिका वरिष्ठ अधिकारीहरुलाई अधिक वजनका प्रहरीहरुको पहिचान गरी वजन घटाउन तिनीहरुलाई शारिरीक व्यायामका लागि निर्देशन दिन बताइएको छ ।

रावले विविसि हिन्दीका इमरान कुरेसीलाई भनेका छन् , ‘ हामीले छ महिना अघि नै केएसआरपिका अधिकारीहरुको सुगर र अन्य स्वास्थ सुचिहरु अनुगमन गर्ने प्रक्रिया शुरु गरिसेका छौं । आफ्नो स्वास्थ अवस्थाबारे लापरवाह ीगर्नेहरुलाई निलम्वन गर्नेछौं । ’ भारतका प्रायशः धेरै स्थानका प्रहरीमा अधिक वजन सामानइ समस्याकै रुपमा रहेका छन् ।