बम विस्फोटमा पाकिस्तानमा एकाइस मारिए


इस्लामाबाद,(एजेन्सी )
पाकिस्तानको पेशावरशहरमा मंगलवार राति भएको एकआत्मघाती बम विस्फोटमा २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनमा अवामी नेसनल लिग ( एनएपी ) का नेता हारुन बिलौरको मृत्य भएको बताइएको छ ।

याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको यस विस्फोटमा अन्य ३० जनाभन्दा बढी घाइते भएका छन् । एएनपी नेता आफ्ना कार्यकर्तासँग छलफल गरिरहेकोबेला विस्फोट भएको थियो ।

विस्फोटबाट गम्भीर घाइते भएका बिलौरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।् । पाकिस्तानमा यही २५ जुलाईमा आमचुनाव हुँदैछ। चुनाव नजिकिँदै जाँदा हिंसात्मक घटना बढ्दै गएका छन् ।

यसैबिच निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि करिब तीन लाख ७१ हजार सेना परिचालन गरिने पाकिस्तानी सेनाले हिजो जनाएको छ।

पूर्व क्रिकेटर तथा विपक्षी राजनेता इमरान खानको पक्षमा निर्वाचन परिमाण निकाल्नका लागि सेना खटाउन लागिएको भन्ने आरोपमाथि सेनाले मंगलबार प्रतिक्रिया दिएको रोयटर्सले जनाएको छ । आसन्न निर्वाचनमा सेनाले धाँधली गर्न लागेको आरोप राजनीतिक वृत्तमा व्यापक भएको छ ।

सेनाले राजनीतिमा हस्तक्षेप गर्न खोजेको र खानको दल पाकिस्तान तेहरेक–ए–इन्साफ ( पिटिआई ) लाई सत्तामा ल्याउन संचार माध्यमलाई समेत दबाब दिइएको आरोप लागेको छ । भ्रष्टाचार विरोधी र राष्ट्रिय सुरक्षाका विषयमा अति नै संर्किणवादी पूर्व क्रिकेटर खानले भने आणविक शक्ति सम्पन्न राष्ट्र पाकिस्तानी इतिहासमा आधाजसो शासन गरेको सेनासँग समिकरण गरेको भन्ने आफु मािथ लगाइएको आरोप अस्वीकार गरेका छन् ।

त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रति आतंकवाद निकाय ( नाक्टा ) ले पाकिस्तानका ६ जना नेतामाथि आतंकवादी आक्रमणको खतरा भएको खुलासा गरेको छ । चुनावी प्रचारका क्रममा तिनीहरूमाथि आतंकवादीले आक्रमण गर्ने सूचना प्राप्त भएको सो निकायले जनाएको छ ।