बाढीः भक्तपुरमा तीन जनाको मृत्यू, काभ्रेमा १७ जना मजदुर खोलामा फसे

0
Shares

काठमाडाैं । भक्तपुरमा बाढीपहिरोले तीन जनाको मृत्यु भएको छ । पहिरोले टहरा भत्काएपछि एकैघरका तीनजनाको मृत्यु भएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

वृद्ववृद्वा र नातिनीको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । वृद्ववृद्वाका छोराबुहारी भने नयाँ घरमा बस्ने गरेकाले सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।

मृतकको नाम ठेगान खुल्न नसकेको र केही समयपछि विस्तृत विवरण आउने प्रहरीले जानकारी दिएको छ । भक्तपुरका विभिन्न क्षेत्रमा डुबान भएको छ ।

मनोहरा खोलालगायत अन्य स्थानीय खोलामा समेत बाढी आएपछि स्कुल तथा बस्ती डुबानमा परेका हुन् । डुबानमा परेका करिब चार सय जनालाई प्रहरीले उद्वार गरेको छ ।

अहिले डोजरले पानी कटाउने काम गरिरहेको छ भने उद्वार कार्य जारी रहेको छ ।

यसैबीच बुधबार रातिदेखिको वर्षाका कारण नदीमा बाढी आउँदा काभ्रेमा १७ जना अलपत्र परेका छन् ।

नमोवुद्ध नगरपालिका वडा नम्बर ६ को खाक्सीमा खानेपानी मर्मतका लागि गएका १५ जना खोलामा अलपत्र परेका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिएका छन् ।

नमोबुद्ध मै डिप बोरिङ गरिरहेका दुईजना पनि रोसी खोलामा फसेका छन् । उनीहरु खोलाको बीचमा रहेको ढुंगामा बसिरहेका छन् । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टर लगेर उद्धार गर्ने तयारी भैहरेको उनले बताए ।