बनेपामा जनजीवन प्रभावित, बाढीमा फसेकाको नेपाली सेनाद्धारा उद्धार

0
Shares

काभ्रे । निरन्तरको वर्षाका कारण काभ्रेको बनेपा डुबेको छ । डुबानका कारण बनेपाको जनजीवन प्रभावित बनेको छ । बिहीबार बिहान २ बजेदेखि पुन्यमति खोलाको बाढी बनेपा बजारमा पसेको छ ।

बाढीका कारण् झण्डै तीन दर्जन घर डुबानमा परेका छन । बाढीमा फसेका केहीलाई बिहान नेपाली सेनाको टोलीले उद्धार गरेको छ । अरनिको राजमार्ग अन्तर्गत पुल बजार क्षेत्रमा राजमार्ग बन्द छ । बाढीका कारण पूर्व–पश्चिम चल्ने गाडीहरु बीचमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् ।