टर्की: हजारौं कर्मचारी बर्खास्त

0
Shares

अंकारा (एजेन्सी)
टर्की सरकारले प्रहरी अधिकारी, सैनिक र शिक्षाविद सहित १८ हजार ५ सय भन्दा धेरै सरकारी कर्मचारीलाई बर्खास्त गर्न आदेश दिएको छ । राष्ट्रिय सुरक्षा विरुद्ध काम गर्ने आतंकवादी संगठन र समुहसँग सम्बन्ध राखेको आसंकामा एक आबाश्मिक आदेश जारी गरी ८ हजार ९ सय ९८ प्रहरी अधिकारीसहित १८ जहार ६ सय ३२ कर्मचारीलाई बर्खास्त गरिएको हो ।

आदेशमा ३ हजार ७७ सैनिकलाई पनि बर्खास्त गरिएको उल्लेख गरिएको छ । कानुन मन्त्रालय र त्योसँग सम्बन्धित संगठनबाट १ हजार ५२ निजामति कर्मचारीलाई पनि हटाइएको र १ सय ९९ शिक्षाविदलाई पनि बर्खास्त गरिएको आदेशमा उल्लखे गरिएको छ ।