बाढी र पहिरोको कारण जापानमा साठी जनाको मृत्यु


टोक्यो,(एजेन्सी)
भिषण वर्षाको कारण पश्चिमी जापानका केहि भागमा आएको डरलाग्दो बाढि र पहिरोको खतरा अझै टलिनसकेको अधिकारीहरुले आइतवार बताएका छन् । एकजना मौसमविदले आफुहरुले यस अघि कहिल्यै पनि यति ठूलो वर्षा महशुस नगरेको पत्रकारहरुलाई बताएका छन् ।

हिरोसिमा लगायत अन्य क्षेत्रमा भिषण वर्षको कारण नदीहरुको बाँध भत्किएर बाढी आउँदा साठीजना भन्दा बढि व्यक्तिको ज्यान जानुका साथै अन्य दर्जर्नौ वेपत्ता भएको सरकारी संचार माध्यमले जनाएको छ । बिस लाख मानिसलाई सुरक्षित गन्तव्य तर्फ लगिएको छ ।
जापानी प्रधानमन्त्र ीसिन्जो आवेले आइतवार आयोजित पत्रकार सम्मेलनमा भनेका छन् , ‘ उद्धारकर्मिहरु दिनरात नभन ी खटिरहेका छन् । अझै थुप्रै व्यक्ति हराइरहेका छन् । अन्य धेरैलाई पनि मद्धतको निकै खाँचो रहेको छ । ’

विहिवार देखि सो क्षेत्रमा विगतको किर्तीमान तोडेर पानी परिरहेको छ । मारिनेहरुमा अधिकांश हिरोसिमाको मोटोयामा शहरका रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रवा बिहान देखि शनिवार बिहान सम्ममा त्यहाँ ५ सय ८३ मिलिलिटर पानी परेको बताइएको छ ।

सोमवार सम्ममा सो क्षेत्रका केहि भागमा अझै २ सय ५० मिलिलिटर वार्ष हुने पुर्व अनुमान गरिएको छ । जापानस् मौष विभागले एक औपचारिक विज्ञप्ति जारी गर्दै परिस्थिती निक ैनाजुक रहेको घोषणा गरेको छ । सन् २०११ मा पनि जापानमा आएको भयानक सुनामीको कारण झण्डे अठार हजार मानिसको ज्यान गएको थियो ।