भारत: धर्म प्रचारक पक्राउ

0
Shares

राँची (एजेन्सी)
झारखण्डको दुमकामा आदिवासीहरुलाई कथित रुपमा धर्म परिवर्तन गराउने प्रयासमा लागेको आरोपमा १६ ईसाई धर्म प्रचारकलाई प्रक्राउ गरिएको छ ।

उनीहरुमाथि सिकारीपाडा थाना क्षेत्रको सुदुर फुलपहाडी गाउमा गाउँलेकाबीच गैरकानुनी ढंगले धर्म प्रचार गर्दै धर्म परिवर्तन गर्न जोड दिइरहेको आरोप लगाइएको थियो । पक्राउ परेका १६ जनालाई जेल पठाइसकेको र त्यसमा ७ जना महिला रहेको बताइएको छ ।

आदिवासीलाई धर्म परिवर्तन गराउन जोड दिएको, प्रलोभन दिएको वा गैर कानुनी रुपमा प्रचार प्रसार गरेको आरोपमा कानुन अनुसार ४ बर्षको जेल सजायँ हुन सक्छ ।